भारत – पञ्जाबको तरनतारन जिल्लामा एक युवकको उसकी प्रेमिकाको बुवाले हत्या गरिदिएका छन् । प्रेमिकालाई भेट्न मध्यरातमा प्रेमिकाकै घरमा पुगेका युवकको उनको बुवाले हत्या गरिदिएका हुन् । हत्याको सम्बन्धमा प्रेमिकाको बुवाविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । प्रहरीले अहिले घटनाकोक अनुसन्धान गरिरहेको छ ।
के हो त खास कुरा ?
नुरवाला गाउँ निवासी बिट्टु भनिने मलकीत सिंह आफ्नो प्रेमिकासँग भेट्नका लागि छिमेमकी गाउँ वल्होटा गएका थिए । रातको करिब १ बजे प्रेमिकाको घर पुगेका बिट्टु प्रेमिकासँग बसेर गफ गर्दै थिए । त्यसबेला प्रेमिकाका पिता जनरैल सिंहले उनीहरुलाई एकसाथ देखे र समाते ।
छोरीको साथमा युवकलाई देखेपछि रिसले चुर भएका जनरैलले बिट्टुको घाँटी थिचेर हत्या गरेका हुन् । प्रहरीका अनुसार बिट्टु घरमा समेत जानकारी समेत नदिइ प्रेमिका भेट्न गएका थिए । बिट्टु गतवर्ष १२ कक्षा उतिर्ण भएका थिए ।
वल्होटाका प्रहरी निरीक्षक सुखदेव सिंहका अनुसार बिट्टु पछिल्लो केहीवर्षदेखि मामाघर बस्दै आएका थिए । मामाघर बस्ने क्रममा बिट्टुको युवतीसँग प्रेम बसेको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले जनाएको छ ।
बिट्टुको बुवा समशेर सिंहले आरोपी जनरैल सिंहका विरुद्ध हत्याको मुद्दा दर्ता गराएका छन् ।
प्रतिक्रिया