नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचन २०१९ अन्तर्गत आज वाराणसीबाट उम्मेदवारी दर्ता गरेका छन् ।
उनले केहिबेर अघिमात्र आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उनले आफ्नो उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडि एक ९१ वर्षीया वृद्ध नेताको खुट्टा छुएर आशिर्वाद लिएका थिए ।
प्रधानमन्त्री मोदीले उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडी ९१ वर्षीया नेता प्रकाश सिंह बादलको खुट्टा छुएर आशिर्वाद लिएका हुन् ।
वाराणसी क्षेत्रको चुनावमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएको छ । मोदीले यसअघि वाराणसीबाटै चुनाव जितेका थिए ।
उम्मेदवारी दर्ता गर्ने क्रममा जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टी के अध्यक्ष रामविलास पासवान र वरिष्ठ अकाली नेता प्रकाश सिंह बादलसमेत एनडिएका नेताकार्यकर्ता चुनाव आयोगको कार्यलयमा उपस्थित भएका थिए ।
प्रतिक्रिया