नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा जेठ ४ गते बोलाइयो, यस्ता छन् एजेण्डा

७ बर्ष अगाडि

काठमाडौं –  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आगामी जेठ चार गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

नेपाल लाइफ गत आर्थिक वर्षको साधारणसभा गर्ने पहिलो बीमा कम्पनी भएको छ । दोस्रो बजारमा सूचीकृत जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ पहिलो कम्पनी हो ।

वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको जनाएको छ ।

 कम्पनीको सञ्चालक समितिले यस अगाडि नै चुक्ता पूँजीको २३.५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । समितिको उक्त घोषणा आगामी हुने साधारणसभामा विशेष प्रस्तावको रुपमा अगाडि सारिएको छ ।

कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर पारित गरे सँगै चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

साधारणसभामा कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुग्ने गरी  विशेष प्रस्ताव अगाडि सारिएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ  ।

 

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ चार गतेसम्म बुक क्लोज गर्ने भएको छ । वैशाख १७ गतेसम्म कायम शेयरधनीहरुले ४८.५ प्रतिशत लाभांश पाउने छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया