सरकारी कम्पनीमा नै लगानीकर्ताको विश्वास,रसुवागढी र साञ्जेमा ३ अर्ब १७ करोडको आवेदन

६ बर्ष अगाडि

काठमाडौं – रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको चर्को आकर्षण देखिएको छ ।

केही समय पहिले साधारण सेयर बिक्री गरेको यूनियन हाइड्रो पावरको सेयर नबिकेर हैरान भएको बेला रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सेयरमा भने लगानीकर्ताले ठूलो विश्वासका साथ लगानी गरेका छन् ।

चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाका अनुसार ती दुई आयोजनाको साधारण सेयरमा ३ अर्ब १७ करोड बढीको आवेदन परेको छ । कोइरालाका अनुसार साञ्जेनमा ३ लाख ४ हजार लगानीकर्ताले आवेदन गरेका छनु् भने रसुवागढीको सेयरमा ३ लाख ७ हजारले आवेदन गरेका छन् ।

ती दुई कम्पनीले १ अर्ब ५४ करोड बढीको साधारण सेयर बिक्री गरेका थिए । लगानीकर्ताले ठूलो विश्वासका साथ लगानी गरेको सम्बन्धित आयोजनाका प्रमुखले जानकारी दिएका छन् ।

कूल १११ मेगावाट क्षमताको रसुवागढीको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने साञ्जेन मध्ये माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७२ प्रतिशत भौतिक प्रगति भएको छ । ती आयोजनालाई सरकारले पछिल्लो पटक जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया