काठमाडौँ – जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली लेग स्पिनर एक्कासी नेपाल आएका छन्।
सन्दीप लामिछाने बुधबार नेपाल आइपुगेका हुन्। उनी नेपाल आउनुको कारण खुल्न नआएको भएता पनि व्यक्तिगत कामको लागि सन्दिप नेपाल आएको अनुमान गरिएको छ।
दिल्ली क्यापिटल्समा आवद्ध रहेका सन्दिप अहिले आईपीएलमा व्यस्त छन्। व्यक्तिगत कामको लागि नेपाल आएको र लगत्तै भारत फर्किने उनका म्यानेजर रमन सिवाकोटीले बताएका छन्।
यस सिजनमा सन्दीपले ५ खेलमा ८ विकेट लिइसकेका छन्। दिल्लीले १२औं खेल आउँदो सोमबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै छ।
प्रतिक्रिया