रसुवा – चार वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माणमा ढिलाई भइरहेका बेला रसुवामा भने पुननिर्माणले गति लिएको छ ।
देशैभर ५० प्रतिशत निजी आवास सम्पन्न भएसँगै रसुवामा ७७ प्रतिशत आवास निर्माण भएका छन् । १२ हजार ४ सय ९२ जना लाभग्राही रहेको रसुवामा ९ हजार ६ सय ७३ जनाले सुरक्षित आवास निमार्ण गरिसकेका छन् ।
सरकारले पुस मसान्तसम्ममा दोस्रो किस्ता र आगामी बैशाख मसान्त भित्र तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो । सडकको पहुँच भएका र विकट क्षेत्रमा हेलिकप्टर तथा खच्चडको माध्यमबाट निर्माण सामग्री ढुवानी गरी पुनःनिर्माणको काम सम्पन्न भएको छ ।
भूकम्पबाट प्रभावितहरुको निजि आवास पुननिर्माणका लागि करिब ३ अर्ब बढी रकम वितरण गरिएको छ । बिनासकारी भूकम्पले भत्किएका पुरातात्विक महत्वका गुम्बाहरुको निमार्ण भइरहेको छ । ९१ विद्यालय क्षति भएकोमा ६८ विद्यालय पुननिर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ ।
प्रतिक्रिया