सांसदसँग किन रिसाए राष्ट्रियसभाका अध्यक्ष ?

७ बर्ष अगाडि

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुको मागप्रति आपत्ति जनाएका छन् । संघ र प्रदेशका सांसदले अबको बजेटमा निर्वाचन क्षेत्र विकास कोषका लागि ४ करोड रुपैयाँसम्म बजेट मागेको भन्दै अध्यक्ष तिमल्सिनाले त्यसलाई ‘संघीयताविरोधी माग’को संज्ञा लिए ।

बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘स्थानीय तह र प्रदेशमा समेत जनप्रतिनिधि छन्, अब सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्नै मिल्दैन ।’

अध्यक्ष तिमिल्सिनाले वडा र गाउँ तहलाई समृद्ध बनाउने गरी बजेट विनियोजन गरे निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट छुट्याउनै नपर्ने तर्क गरे । सांसदहरुले आफूखुसी खर्च गर्न बजेट मागे त्यसले संघीयतालाई बलियो नभई कमजोर बनाउने उनको भनाइ छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया