काठमाडौं – डिस मिडिया नेटवर्कको बार्षिक साधारण सभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरेको छ ।
साधारण सभाले यसअघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा ढकाल नै चयन भएका छन्।
नियामक निकायसँग छलफल गरेर शेयर जारी गर्ने प्रकृयामा डिसहोम रहेको छ । कम्पनीले आफ्नो ब्यापार बिस्तारका लागि पूँजी जोहो गर्न साधारण शेयर जारी गर्न लागेको जनाएको छ । कम्पनीले साधारण शेयर प्रिमियममा जारी गर्ने नगर्ने बारे प्रष्ट पारेको छैन ।
प्रतिक्रिया