काठमाडौं– १३३ यात्रु सवार मालिन्दो एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको उडान नम्बर ओडी १८१ जहाज गएराती रेनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । तर, समयमा उद्दार हुँदा सबै यात्रु सकुशल छन् ।
घटनापछि तत्काल एम्बुलेन्स, अग्निनियण्त्रक र सुरक्षाकर्मीसहितको ठुलो टोली उद्दारका लागि पुगेको थियो ।
यसअघि विमानस्थलमै अवतरणको क्रममा फागुन २८ गते युएस–बंगला विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो ।
काठमाडौं विमानस्थलमा पटक पटक यस्ता घटना दोहोरिँदै आएका छन् ।
प्रतिक्रिया