यातायत निर्देशिका यातायात मजदुरहरुको हितमा:मन्त्री महाशेठ

७ बर्ष अगाडि

अखिल नेपाल यातायात मजदुर संघ ३ नं। प्रदेश समिति ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महाशेठ लाई भेटी यातायात व्यवस्था निर्देशिका कार्यविधि २०६० संसोधन २०७४ ले यातायात मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागितालाई सुनिश्चित गर्ने व्यवस्था गरेकाले यो निर्देशिकालाई तत्काल कार्यान्वयनमा जोड दिएको छ ।

पछिल्लो समय यातायात क्षेत्रमा देखापरेका समस्या निराकरण गर्ने सम्बन्धमा मन्त्री संग छलफ गरेको अखिल नेपाल यातायात मजदुर संघका ३ नं अध्यक्ष राजेन्द्र शर्माले जानकारी गराएका छन् ।

भेटघाटमा अखिल नेपाल यातायात मजदुर संघका पदाधिकारीहरुले यातायात व्यवसायीहरुको आन्दोलन मूलतः कानून र मजदुरहरुको हक हित विरुद्ध हुन गएकाले मजदुर संगठनहरुको तर्फबाट आन्दोलन प्रति समर्थन नरहेको मन्त्रीलाई जानकारी समेत गराएका छन् ।

यातायात मजदुरका कुरा सुनिसकेपछि मन्त्री महाशेठले सरकारले यातायातको पूर्नसंरचना गरी यातायात क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन लागेको बताएका छन् । साथै नयाँ कार्यविधिले यातायात मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउन समेत सहयोग पुग्ने हुँदा सरकारको यो कार्यलाई मजदुरले सहयोग गर्नुपर्ने बताउँदै स्वरोजगार मजदुरहरुका समस्या राज्यको समस्या भएको हुँदा ति सवै समस्या राज्यले नै हल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यातायत मजदुरलाई कुनै किसिमको भ्रममा नपरी आफ्नो यातायात सूचारु राख्न अनुरोध गर्नुभयो । उहाँले टे«ड यूनियनहरु संग सरकारले छिट्टै एक छलफल कार्यक्रम गर्ने र उक्त कार्यक्रममा यातायात व्यवस्था कर्यविधि निर्देशिकाका कमजोरीहरु के हुन लाई लिखित रुपमा ल्याउन आग्रह गरेका छन् ।

मजदुर संघका पदाधिकारीहरुले कम्पनि ऐन अन्र्तगत एउटै सवारी पनि संचालन गर्न सक्ने वातावरण मिलाउन मन्त्रिलाई सुझव दिएका थिए । सो अवसरमा देशभरको यातायात व्यवस्थापनलाई सहज र भरपर्दो बनाउन सरोकारवाला सम्मिलित एक उच्चस्तरीय यातायात वोर्ड वा प्राधिकारण स्थापाना गर्न समेत मजदुर संघका पदाधिकारीहरुले माग गरेका छन् ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया