लिष्ट हेरेपछि माधव नेपाल जुरुक्क उठेर हिँडे

७ बर्ष अगाडि

काठमाडौं – ७० औं कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम घोषणा कार्यक्रम कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा थियो ।

घोषणा कार्यक्रम १२ बजे हुने भनेपनी अध्यक्षद्वय नआउदा केही ढीलो भइरहेको थियो । कार्यक्रम हेर्न आएका अन्य व्यक्तिहरु पनि अध्यक्षद्वयको पर्खाईमा थिए । 
करिब सवा १ बजेतिर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै कार्यक्रममा हात हल्लाउँदै आइपुगे वरिष्ठ नेता माधवकुमार नेपाल। कार्यक्रम प्रस्तोता महासचिव विष्णु पौडेलले कम्युनिस्ट पार्टीबारे केही समय लिखित व्याख्या गरे, त्यसपछि दाहाललाई मन्तव्यका लागि बोलाए ।

कार्यक्रममा दाहालले बोल्दाबोल्दै केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको फोटोकपी ल्याएर महासचिव पौडेललाई दिए। पौडेले र श्रेष्ठ मिलेर सचिवालयका ९ सदस्यहरुलाई उक्त लिस्ट वितरण गरे ।

दाहाल कार्यकम्रमा बोल्दै थिए, नेता नेपालले सरसर्ती लिष्ट हेरे, त्यसपछि जुरुक्क उठेर हिँडे। नजिकै रहेका प्रवक्ता श्रेष्ठले केही सोधे नेपालले पारि जान लागेको संकेत गर्दै पर्दा उघारेर बाहिर निस्किए ।

७ बर्ष अगाडि

प्रतिक्रिया