ठेकेदार भाग्दैमा मेलम्ची रोकिँदैन : प्रधानमन्त्री

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदार भाग्दैमा मेलम्ची नरोकिने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठेकेदार भाग्दैमा मेलम्ची नरोकिने दावी गरेका हुन् । 

सम्बोधनको क्रममा उनले भने,ठेकेदार भाग्दा केही ढिला भयो, तर मेलम्चीको पानी ल्याएरै छाड्छौ । उनले आफ्नो पार्टीको नेतृत्वको सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै केही दिनपछी चमत्कार गरेर देखाउने बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया