काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेस गलत र अलोकतान्त्रिक बाटोमा हिडेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई लोकतान्त्रिक भन्ने नै अलोकतान्त्रिक बाटो हिडेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पहिले कम्युनिष्ट पार्टीमा स्वार्थ भएकाले विभाजित भएको बताउँदै अहिले कांग्रेस त्यही बाटोमा हिडेको उल्लेख गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अब लोकतान्त्रिक शक्तिसँग कांग्रेसले एकता गर्नु पर्ने भए पनि प्रतिगामी शक्तिसँग एकता गरेको बताए । उनले भने, “आज अचम्म लाग्छ, कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेताहरु राजतन्त्र फर्काउने सपना देखेर हिडेको देख्दा विचित्र लाग्छ । कुनै पनि लोकतन्त्रवादीले जन्मसिद्ध श्रेष्ठताका लागि मेरो शासक भइदेउ भनेर दरखास्त हाल्दैन ।”
प्रतिक्रिया