१४ वर्षीया किशोरीको यसररुी भयो प्रेमीबाटै हत्या

७ बर्ष अगाडि


रुपन्देही– रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ६ मा १४ वर्षीया एक किशोरीको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । 
बैशाख ३ गते घरबाट बेपत्ता भएकी ओमसतिया गाउँपालिका वडा नं. ६ की १४ वर्षीया सरस्वती हरिजन बैशाख ४ गते घरदेखि १ किलोमिटर टाढा मृत भेटिएकी थिइन् ।
उनको शव स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय धकधईलाईमा खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा अनुसन्धान गरिरहेको छ । 
प्रहरी अनुसन्धानमा किशोरीको हत्या ओमसतिया गाउँपालिका वडा नं. ६ बस्ने १८ वर्षीय प्रेम सागर केवटले गरेको खुलेको छ । 
बिहिबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले केवट र हरिजनवीच प्रेम सम्बन्ध रहेको र दुई जनामा कुरा नमिल्दा किशोरीको हत्या भएको जनाएको छ । राती ९ बजे किशोरी शौचालय जान भन्दै प्रेमीलाई भेट्न पुगेकी थिइन् । अनुसन्धान अधिकृत डिएसपी डिल्ली नारायण पाण्डेलका अनुसार किशोरीले घर नफर्कने भन्दै केवटलाई आफुलाई भगाएर लैजान भनेपछि दुवै जनामा विवाद भएको थियो । उनीहरुबीच विवाद बढ्दै गएपछि हरिजनकोे घाटी थिचि हत्या गरेको प्रहरीको केवटले प्रहरीलाई बयान दिएका छन् ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया