टाट पल्टिदै नेपाल वायु सेवा निगम,१ अर्ब १४ करोड बराबरको किस्ता तिर्न असफल

७ बर्ष अगाडि

काठमाडौं – नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषको किस्ता तिर्न असफल भएसँगै अनेकन शंका र आशंका सुरु भएको छ ।

निगमले ल्याएको  वाइडवडी जहाजको किस्ता तिर्न नसकेको निगमले गत चैतमा न्यारोवडीको पनि किस्ता बुझाउन नसकेपछि बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो रकम चैत मसान्तभित्र बुझाउनु पर्ने भएपनि किस्ता बुझाउन सकेको छैन ।

संचय कोषकाका अनुसार निगामले जहाजको किस्ता तिर्न सकेको छैन । पछिल्लो समय निगामले केहि महिनाबाट न्यारोबडी जहाजकोसमेत किस्ता तिर्न सकेको थिएन । करिब ८४ करोड रुपैयाँ रकम  न्यारोवडीको रहेको छ ।

 

निगमले जापान र कोरियालगायत अन्य गन्तव्य मुलुकमा उडान भर्नका लागि तयारी थालेपछि उसको सञ्चालन खर्च मात्र भएको छ ।

संचय कोष र नागरिक लगानीले गरी दुई ओटा वाइडवडी जहाज किन्न सरकारी जमानीमा २४ अर्ब रुपैयाँ ऋण दिएको हो । न्यारोवडीको उडान नाफामा भएपनि वाइडवडीले गन्तव्य नपाउँदा निगमले ठूलो नोक्सान ब्यहोर्दै आएको छ ।

वाइडबडी जहाजको चैत्रसम्मको दोश्रो किस्ता हो भने न्यारोबडीको १४ औं किस्ता हो । गत असार र साउनमा ल्याएको दुई ओटा वाइडबडी जहाजले नयाँ गन्तव्यको खोजी गरिरहेको कारण तत्काल किस्ता रकम तिर्न नसकेको एनएसीले जवाफ दिँदै आएको छ ।

एनएसीले असारभित्रमा लामो दूरी जापानमा उडान गर्ने तयारी गरिरहेको छ भने चीन र कोरियामा पनि उडानको लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ ।

 निगमले किस्ता तिर्न नसकेपछि सरकारले तिरिदिने तयारी गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया