बालुवाटारमा आज पनि  केपी–प्रचण्डबीच  वान टु वान वार्ता

७ बर्ष अगाडि

काठमाडौं– एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकतामा देखिएका विवादित विषय मिलाउन बालुवाटारमा वान टु वान वार्तामा बसेका छन् । 
 बिहिबार बिहानबाट दुई नेता वान टु वान मा बसेका हुन् । 
 प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जनयुद्ध, निर्वाचन चिन्ह र संगठनमा संख्याको रेसियोबारे सहमतिका लागि दुई अध्यक्ष छलफलमा जुटेको बताए ।
केहि दिन पहिला बसेको एकता संयोजन समितिको बैठकले नमिलेका विवादित विषयमा सहमति खोज्न र प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षलाई जिम्मा दिएको थियो । त्यहि काम पुरा गर्न दुई नेताले छलफल गरेका  हुन् ।
बैशाख ९ गते पार्टी एकता घोषण गर्न प्रतिवेदन र विधान तयारी समितिले सुझाव दिएपनि केहि सैद्धान्तिक,वैचारीक र सांगठनिक विषयमा कुरा नमिलेपछि एकता प्रक्रिया लम्बिएको थियो । दुई अध्यक्षबीच विवादित तीन विषयमा सहमति जुटेपछि एकता संयोजन समितिको बैठकले अनुमोदन गरेर पार्टी एकता घोषणा गर्ने नेताहरुले बताउँदै आएका छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया