काठमाडौं–नेकपा एमाले सम्बद्ध युवा संघले ६ दिनको रस्साकस्सीपछि नयाँ नेतृत्व चयन गरेको छ । संगठनको जारी केन्द्रीय समिति बैठकबाट अध्यक्षमा रमेश पौडेल सर्वसममत चयन भएका छन् भने महासचिवमा नरेश शाही चयन भएका छन् ।
अध्यक्ष राजीव पहारीले मंगलबार राजीनामा दिएपछि नयाँ नेतृत्व चयनको ढोका खुलेको थियो । पहारी प्रदेश नं ४मा प्रदेश सदस्यमा निर्वाचित भएपछि राजीनामा दिएका हुन् । नवनिर्वाचित अध्यक्ष पौडेल यसअघि उपाध्यक्ष थिए भने शाही सचिव थिए ।
उपाध्यक्षमा ७ जना चय भएका छन् जसमा किरण पौडेल, हस्त शाही, क्रान्ति बुर्लाकोटी, पर्शुराम बस्नेत, गोविन्द थापा, चन्द्र लामा र प्रभात कटुवाल रहेका छन् ।
यस्तै १३ जना सचिव चयन भएका छन् । जसमा बच्चन सिंह र माधव बास्तोला दीपक जिएम, अन्जना अधिकारी, उर्मिला सुनुवार, राजु कार्की, पूर्ण लामा, सुरेन्द्रमान कार्की, धु्रब यादव, क्षितिज थेवे, राजेश शाह, सन्तोष रावल र हिमाल लिम्बु रहेका छन् ।
यस्तै कोषाध्यक्षमा अमित लामा चुनिएका छन् भने अनुशासन आयोगको अध्यक्षमा गजेन्द्र शाही, लेखा आयोगको अध्यक्षमा दामोदर दंगाल र केन्द्रीय कार्यलय विभाग प्रमुखमा सुमन पुरी चयन भएका छन् ।
यसैबीच राजीव पहारीको नेतृत्वकी उपाध्यक्ष दिलु पन्तको बिदाइ गरिएको छ । त्यस्तै आशोक चन्द र हिदम लामापनि युवासंघबाट बिदा भएका छन् ।
चन्द कन्चनपुरको बेदकोट नगरपालिकाको मेयर भएकाले बिदा गरिएको हो । त्यस्तै लामापनि मकवानपुरको भिमफेदी गाउँपालिका अध्यक्ष भएकाले युवा संघबाट विदा भएका हुन् ।
प्रतिक्रिया