नेपालको पानी किन्न इच्छुक देखियो कतार

७ बर्ष अगाडि

काठमाडौं– नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएको छ । 
कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । 
शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । 
छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने रायसहितको प्रतिवेदन पेस गरेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया