शेयर बजारमा नयाँ वर्गीकरण, स्टकको पछिल्लो कदम पछि केही सुधार होला बजार ?

६ बर्ष अगाडि

काठमाडौ – नेपाल स्टक एक्सचेञ्जको वर्गीकरणमा चैतमा समेत २ वटा सूचिकृत कम्पनी मात्र ‘ए’ वर्गमा सूचीकृत भएका छन् । स्टकले  सार्वजनिक गरेको वर्गीकरणको सूचि अनुसार ‘ए’ वर्गमा ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मात्र परेका हुन् ।

स्टकको ‘बी’ वर्गमा कुनै पनि कम्पनी परेनन् । ३४ वटा कम्पनी ‘जी’ वर्गमा परे भने बाँकी सबै कम्पनी ‘जेड’ वर्गमा परे । ‘जेड’ वर्ग सबैभन्दा कमजोर समूह हो ।

यही समूहमा कृषि विकास बैंक, सिटिजन्स बैंक, सिभिल, एभरेष्ट, हिमालयन, जनता, सेञ्चुरी, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगा, नवील, नेपाल बैंक, एनबी बैंक, एनआइसी एशिया, नेपाल एसबीआई, एनसीसी, एनएमबी, सानिमा, प्राइम कमर्सियल, प्रभू लगायत २५ वटा वाणिज्य बैंक परेका छन् ।  सबै विकास बैंक समेत यही सूचिमा परेका छन् ।

अघिल्लो महिनाको तुलनामा यो महिना सूचिकृत कम्पनीको वर्गीकरणप्रति कम्पनीहरु खासै गम्भीर नदेखिएको यो नतिजाले देखाउँछ ।

नेप्सेको वर्गीकरणले खासै अर्थ नराख्ने भएकोले समेत धेरै सूचिकृत कम्पनीहरु नेप्सेले तोकेको मापदण्ड पूरा गरी ’ए’ वर्गमा समेटिन नचाहेका देखिन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया