चण्डी ढकाल कानुन भन्दा माथि,वाणिज्य बैंकको अर्बाे ऋण नतिर्दापनि हुदैन कारवाही

७ बर्ष अगाडि

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् चण्डीप्रसाद ढकाल । झापा तिर उनको स्थायी थलो । उद्योगी असाध्यै कम र बढी राजनीतिक चलखेलमा व्यस्त हुने विशेषता ढकाललको हो । कुनै समय तयारी पोशाक तथा गामेन्ट व्यवसायमा असाध्यै नाम र दाम कमाएका ढकाल पछिल्लो समयमा भने करिब करिब टाट पल्टेको अवस्थामा छन् । 

बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण तिर्न अटेर गर्ने अर्को विशेष स्वभाव पनि यिनको रहेको छ । विशेष गरी  तयारी पोशाक (गार्मेन्ट) व्यवसायबाट टाट पल्टिएका ढकाललाई राष्ट्रिय वाणिज्य बैंकको  ऋणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले झपारेका छन । पछिल्लो पटक प्रधानमन्त्री ओली र अर्थमन्त्री डा खतिवडाको राम्रैसँग भेटेको उनै ढकालले उद्योगी व्यवसायी आन्दोलनमा जानु प¥यो भन्दै सरकार विरुद्ध आन्दोलनको मोर्चा खोल्ने तयारी गरेका छन् । 

उनीहरुले आफ्नै च्याम्बरमा बोलाएर तत्काल बैंको सावाँ र ब्याज भुक्तानी नगरे अब बचाउन नसक्ने बताएका छन । त्यसो भन्नुको पनि कारण छ । लामो समयदेखि ढकाल ओलीको विश्वासपात्र भई काम गरेको बताउने गरेका थिए । उद्योगी व्यवसायीसँग रकम उठाउनु प¥यो तथा केही नीतिगत निर्णय लिने बेलामा समेत ढकाललाई नै अगाडि सारेर बोलाउने गरिएको थियो । प्रधानमन्त्रीको लिफ्ट पाएका ढकालले सोही कारण र्नै शक्तिको दुरुपयोग गरेको उनलाई नजिकबाट चिन्ने जान्नेहरु नै बताउँछन् । प्रधानमन्त्री ओलीले तत्काल बैंकको पैसा  चुक्ता नगरे जे पनि हुन सक्ने भन्दै ढकाललाई सचेत समेत गराएको बालुवाटार स्रोतको दावी छ । 

‘अहिलेसम्म जेनतेन बचायौ अब सक्दैनौं,’ तत्काल तिर्ने भए तिर्नुस, नभए कानुनी प्रक्रियामा बैंक जान्छ, अर्थमन्त्रीले खतिवडाले ढकाललाई दिएको चेतावनीलाई उदृत गर्दै स्रोतले भन्यो ‘व्यवसाय टाट पल्टिसक्यो । अब जोगाउन सकिदैन । ऋण तिर्ने भए तिर्नु् होइन भने हाम्रो नाम लिएर नहिड्नुस 

उद्योेग राखेको जग्गा समेत बेचिसक्नुभयो । तर, पनि बैंकलाई बुझाउनुपर्ने रकम नबुझाइ बस्ने ? अनि हामीले सधैभरी बचाई राख्नुपर्ने ?’बैंकले पटक–पटक ताकेता गर्दा पनि ढकालले जवाफ नदिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ढकालको ऋणको बारेमा अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई जानकारी गराएको बताइन्छ । ऋणको विषयमा कुरा भयो कि ऋण मिनाहाको विषयमा कुरा भयो भन्ने बारेमा भने बैंकका पदाधिकारी केही बताउन तयार छैनन् । 
ढकालले झापामा स्थापना गरेको मोमेन्टो एपेरिएल्स प्रालि नामक गार्मेन्ट उद्योग सन २०१२ बाट बन्द भएको हो । त्यही गार्मेन्ट उद्योग खोल्दा लिएको ऋणको सावाँ र ब्याज गरेर ढकालले बाणिज्य बैंकाई झण्डै रु एक  अर्ब रुपैयाँ तिर्नुपर्ने छ । तर, आज उद्योग बन्द भएको पनि बर्षौ बित्तिसकेको छ । अझै पनि उनले ऋण तिरेका छैनन । उनले शत्तिकेन्द्रको आडमा अवज्ञा गर्दै आएको बताइन्छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठका अनुसार ढकालसँग  छलफल जारी रहेको छ । ढकालले पैसा नतिरेको खण्डमा कानुनी उपचारमा जानुको विकल्प छैन । 

‘बैंक  चुप लागेर बसेको होइन,’ उनले भने, ‘केही प्राविधिक अप्ठयारो परेकाले हो ।’ उनले ढकालले तिर्नुपर्न रकमको बारेमा बताउँन चाहेनन । बैंकले कसरी कहिलेसम्म उठाउने र ढकालले पनि तिर्नु भनिरहेका बेला उनको ऋण रकम बाहिर ल्याउनु त्यति उपयुक्त नहुने उनको भनाइ छ । ढकालले यस विषयमा बारम्बार छलफल भइसकेको बताए ।

यो उद्योग पुन सञ्चालन हुन्छ । त्यसका लागि बैङ्कसँग छलफल चलिरेकेको उनको भनाइ छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल जारी रहेको भन्दै ढकाल पानी माथिको ओभानो बन्ने प्रपञ्चमा लागेका छन् । कुनै समयमा मोमेन्टोले नेपालबाट धेरै गार्मेन्ट निकासी गरेवापत पुरस्कृत भएको थियो । मोमेन्टोले ३ पटक लगातर बढी निकासी गरेवापत पुरस्कार पाएको हो । मोमेन्टो नेपालको सबैभन्दा ठुलो गार्मेन्ट उद्योग हो । तर ढकालकै कारण उद्योग लामो समयदेखि करिब बन्दप्राय रहेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया