इराक – तपाई रोजगारीका लागि इराक जान लाग्नुभएको छ ? छ भने, सबैभन्दा पहिला यहाँको केहि कुरा थाहा पाउनुपर्ने हुन्छ ।
पहिलो, तपाईलाई अंग्रेजी राम्रोसँग बोल्न जान्नु पर्छ, या अरेविक भाषामा राम्रो ज्ञान भएको हुनुपर्छ । तर, तपाइले अरेविक भाषा बोल्न जान्दैमा तपाईलाई सहज हुने छैन । किनकी यहाँका प्राय मान्छेहरु कुर्दि भाषा बोल्ने गर्छन् । यो भाषा अरेबिक भाषा भन्दा भिन्न खालको छ । जस्तोकि नेपाली र कुर्दि भाषा एकै किसिमको भएपनि बोलाई र बुछाई निकै नै भिन्न खालको छ ।
द्रोसो, इराकको ईरर्विल भित्रको कुर्दिस्तान क्रियश्नहरको बाक्लो बस्ती छ । यहाँ दुइवटा एरिया छ । पहिलो क्रियश्नहरुको बाक्लो बस्ति भएको र आर्को, मुस्लिमहरको बस्ति भएको एरिया । यहाँको सबैभन्दा राम्रो पक्ष भनेको ट्याक्सी डाईभर हुन् । यहाँ ट्याक्सी चलाउनका लागि कुर्दिहरु बाहेक अरुलाई अनुमति छैन् । तपाई कतै जानुपर्यो भने तपाई ट्याक्सी डाईभरसँग कुरा गर्न सक्नुहुन्छ । प्राय ५ किलोमिटरको भागमा ५ हजार कुर्दी डिनार भन्यो भने तपाइ उसलाई ३ हजार भन्नुभयो भने उसले सहजै मान्छ ।
अर्को कुरा भनेको बिश्वको सबैभन्दा कम मुल्यको पैसा भनेको यहाँको हो । १ सय नेपाली रुपैयाको इराकको १ हजार डिनार हुन्छ । तर, यहाँ अमेरिकी डलर बढि चल्छ । त्यसैले कुनैपनि दलालको फन्दामा परि यहा आउने प्राय पछि समस्यामा परेका हुन्छन् । पहिलो त यहाँ आउनका लागि नेपाल सरकारले अनुमति दिएको छैन । द्रोसो, यहाँ कुनै पनि यहाँ कुनैपनि कुटनितिक नियोग छैन । त्यसैले, यहाँ आएपछि समस्यामा परेमा यहाँ समाजिक क्षेत्रमा काम गदै आएका समाज संस्थाहरुको पहलमा तपाई उद्धार त गर्न सकिन्छ तर भनेको जस्तो सजिलो छैन ।
कस्तो छ इराकमा
नेपाली दलालहरुले इराकका विभिन्न शहरहरुमा राम्रो तलवको आशा देखाउदै नेपालीहरुलाई यहाँ ल्याउने गर्छन् । तर, यहाँ दलालले भनेको जस्तो पाउन मुस्किल छ । राम्रो तलव पाउने आशामा २ बर्ष अगि इराक आएका सिन्धुपाल्चोकका राम तामाङ अहिले अकमा (अस्थायी परिचय–पत्र) नविकरण नहुदाँ समस्यामा परेका छन् । भन्छन् ‘दलालले राम्रो तलव हुन्छ भनेर विश्वास दिलायो, दलालको विश्वास मान्दै यहाँ आए, यहाँ आएको २ महिनामा दलालले बेपत्ता भयो, पछि गाउँको साथीहरुको सहयोगमा अकमा त भन्यो तर भनेको जस्तो तलव पाउन सकिन् । दलालले भनेको जस्तो तलव नपाएपनि ४ सय डलरको काम भने पाए ।’ उनले गुनासो गरे ।
इराकको सुलेमानी, ईरर्विल, दोहक शहरमा नेपालीहरु बाक्लो मात्रामा रहेका छन् । उनीहरु आफ्नो ब्यवसाय मात्रै गरेका छैनन् । प्राय, नेपालीहरु अहिले तरकारी खेति, तरकारी पसल, मासु पसल, होटल तथा रेष्टुरेन्ट लगायतका व्यबसायहरु गदै आएका छन् ।
१० हजार डलरमा बेचिनछन् नेपाली युवती
इराकमा प्राय सिन्धुपाल्चोक, धादिङ, नुवाकोटका युवतीहरु धेरै छन् । उनीहरु गैरकानुनी बाटो हुदै इराक आएका हुन् । उनीहरु श्रीलङ्का, भारतका विभिन्न सहर हुदै यहाँ आएका हुन् । इराकका विभिन्न सहरमा आएपछि उनीहरुलाई नेपाली दलालले इराकी नागरकिलाई ५ हजार अमेरिकी डलर देखि १० हजार अमेरिकी डलरमा बेच्दै आएका छन् ।
रोजगारीका लागि गैरकानुनी बाटो हुदै इराकको बगदादमा ४ बर्ष घरमा काम गरि हाल ईरर्विलमा बस्दै आएकी नुवाकोटकी परि तामाङ (नाम परिर्वतन) लाई दलालले ७ हजार डलरमा बेच्यो । उनी ४ बर्षसम्म घरमा काम गरिन् । घरमा काम गर्दा गदै दोलखाका रामकुमार तामाङसँग बाक्लो कुराकनी हुदै आयो । पछि रामकुमारले उनलाई ३ हजार अमेरिकी डलर घर मालिक (कपिल) लाई दिएपछि उनी बाहिर आउन सकिन् ।
अहिले इराकको ईरर्विल, सुलेमानी, दोहक लगायतका क्षेत्रमा नेपाली युवतीरु प्राय भारतिय, बागालादेश, नेपाली लगायातका युवाहरुसँग लिभिङ टुगेरमा बस्छन् । उनीहरु प्राय घरबाट बाहिर निस्किए पछि यसरी अन्य देश तथा नेपालीहरुसँग बस्दै आएका छन् ।
प्रतिक्रिया