संरक्षित बालबालिकाको खानामै कमिसन

७ बर्ष अगाडि

काठमाडौँ-  नेपाल बाल संगठनले आफ्नो बालगृहमा संरक्षित बालबालिकाका निम्ति भन्दै ठेकेदारसँग बजार भाउभन्दा चर्को मूल्यमा खाद्यान्न किन्ने गरेको पाइएको छ ।

संगठनका जिम्मेवार अधिकारीले काठमाडौं, ललितपुर र काभ्रेका ४ बाल संरक्षण केन्द्रका लागि खाद्यान्न आपूर्ति गर्ने जिम्मा मिलेमतोमा भक्तपुर–६, ठिमीका कृष्णबहादुर सिन्केमनको श्रीकृष्ण सप्लायर्सलाई दिएको खुलेको हो ।

संगठनले बोलपत्र आहवान गरेर प्रतिस्पर्धामा खाद्यान्नलगायत सामग्री आपूर्ति गर्ने जिम्मा दिइएको दाबी गरे पनि अधिकांश सामग्री चर्को मूल्यमा किनेको देखिएको हो । स्रोतका अनुसार संगठनकै केही कर्मचारीले आर्थिक लाभका आधारमा प्रचलित भाउभन्दा बढी मूल्यको टेन्डर स्विकारेका हुन् ।

 संगठन र सिन्केमनबीच भएको सम्झौतापत्रमै खाद्यान्नको मूल्य प्रचलित बजारभाउभन्दा निकै उच्च देखिन्छ । सिन्केमनको सप्लायर्सलाई काठमाडौंको बालमन्दिर बालगृह नक्साल र बाल संरक्षण गृह सिफल, ललितपुरको सामुदायिक विकास केन्द्र, ठेचो तथा काभ्रेको समाजकल्याण बालगृह, पाँचखालमा आश्रित बालबालिकाका निम्ति खाद्यवस्तु, सिजनअनुसारका ताजा तरकारी, गेडागुडी उपलब्ध गराउने जिम्मा दिइएको छ, कान्तिपुरमा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया