आज विप्लव समूहको बन्द, जनजीवन प्रभावित

७ बर्ष अगाडि

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहीबार राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । यस्तै झूट्टा मुद्दा खारेजी, भ्रष्टाचार, तस्करी र राष्ट्रघातका विरुद्ध पनि नेपाल बन्द गरेका गरिएको विप्लवले जनाएका छनत् । 
यस्तै आज सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार व्यवसाय बन्द हुने र उसकै भाषामा अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरिने उल्लेख गरिएको छ । 
विप्लव समूह अहिले सरकारको प्रतिबन्धमा छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया