काठमाडौँ – नेदरल्याण्डको इन्डिमोल साइनद्वार संच्चालित बिग ब्रदरको फ्रेन्चाइज सो 'बिग बोस' नेपालमा भित्रिएको छ ।
आइम्याक्स प्रोडक्सनले नेपालमा ल्याएको बिग बोस कार्यक्रम नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो फ्रेन्चाइज टिभि रियालिटि सो हुने कम्पनीले दावी गरेको छ । आइम्याक्स प्रोडक्सनले कानुनी रुपमा बिग ब्रदर नेदरल्याण्डद्वारा फ्रेन्चाइजी अफिसियली रुपमा ल्याएको हो ।
वैशाख २ गते होटल सोल्टीमा औपचारिक उत्सवको आयोजना गरि नेपालमा बिग बस औपचारीक रुपमा सुरु भएको कम्पनीले जनाएको छ । बिग बोस सो नेपालकै कुनै एक नेपाली टेलिभिजन च्यानलबाट सुरु हुने कम्पनीले जनाएको छ ।
यस कार्यक्रमको उद्वेश्य प्रतिभाहरुलाई सवैका माझ ल्याउनु तथा नेपाली चलचित्र उद्योगको विकासमा सहयोग पु¥याउनु रहेको छ । यो कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुनेछ । यो कार्यक्रमको सञ्चालन नेपालको एक उत्कृष्ट कलाकारद्वारा हुनेछ । बिग बोस भित्र रहने सहभागीहरु १०० दिन सम्म सञ्चार सम्पर्क विहिन रहि सहभागिता जनाई बिग बसको ट्रफी जित्नेछन् ।
प्रतिक्रिया