युवासंघका अध्यक्ष राजीव  पहारीद्वारा राजीनामा

७ बर्ष अगाडि

काठमाडौँ - युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिएका छन्  । 

संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले  उक्त पदबाट राजीनामा दिएका हुन्  । 

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश नं ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले बताए  । 

विसं २०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित नेतृत्वमा आएका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर पनि प्राविधिक कारणले हुन सकेको थिएन । संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ । 

संघका उपाध्यक्ष दीलु पन्त, सचिव नरेश शाहीलगायतले वाइसिएलसँग एकता गरी महाधिवेशनबाट नयाँ नेतृत्व निर्माण गर्नुपर्ने समयमा अध्यक्षले दिएको राजीनामाले संगठनमा लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुन नसक्ने प्रतिक्रिया दिए  । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया