नेपालमा मनोरञ्जन पत्रकारिता सुरुवात गर्ने पहिलो वरिष्ठ पत्रकार श्रेष्ठको निधन

७ बर्ष अगाडि

काठमाडौं–  वरिष्ठ पत्रकार एवम् कामना न्युज पव्लिकेशनका प्रधानसम्पादक पुस्करलाल श्रेष्ठको निधन भएको छ ।  

श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार ११ बजे ४९ मिनेटमा निधन भएको पत्रकार इश्वरराज ढकालले जानकारी दिए । 

श्रेष्ठको पार्थिव शरीर आज साढे १२ बजेदेखि भूगोलस्थित निवासमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । 

उनी नेपालमा मनोरञ्जन पत्रकारिता सुरुवात गर्ने पहिलो पत्रकार रहेको बताइन्छ।

७ बर्ष अगाडि

प्रतिक्रिया