काठमाडौं – भेरी बबई डाइभर्सन आयोजनाको १२ किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मंगलबार सुरुङको ब्रेक थ्रु गरिएको छ ।
सुरुङको काम सम्पन्न भइसक्दा भेरी नदीमा बाँध र विद्युत गृहको संरचनाको काम सुरु भएकै छैन । नेपालमै पहिलो पटक टनेल बोरिङ (टीबीएम) मेसिन प्रयोग गरी सुरुङ खन्न थालेपछि तोकिएको समय भन्दा अगावै सुरुङ सकिएको हो ।
सुरुङको काम २०७६ चैतमा सक्ने लक्ष्य राखिएको थियो । सुरुङको काम सकिएपछि आयोजना कार्यालयले विद्युत् उत्पादन संरचना निर्माण सुपरिवेक्षणका लागि परामर्शदाता नियुक्ति गर्न थालेको बताइन्छ ।
आयोजनाको विद्युत उत्पादन संरचनामा ढिलाइ भएको छ । सरकारको कुनै पनि तयारी छैन ।
परामर्शदाता नियुक्ति, बोलपत्र कागजात तयार र टेन्डर आह्वान गर्न अझै १ वर्ष समय लाग्ने देखिएको छ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ०७९/ ८० मा सम्पन्न गर्ने लक्ष्य छ । कार्यालयले परामर्शदाताले पेश गरेको प्रस्तावको परिक्षण भइरहेको छ ।
आयोजनाका अनुसार आशयपत्रका आधारमा परामर्शदाता छनोट भएपछि मात्र सिभिल निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । आशयपत्रबाट छनोट भएकाले मात्रै सुपरिवेक्षणका लागि बोलपत्रमा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया