कर तिर्दिन भन्ने एनसेललाई यसरी कसिने भयो पाता

७ बर्ष अगाडि

काठमाडौ – कर तिर्दिन भन्दै प्रचारवाजीमा उत्रिएको एनसेल नेपालालई ठूला कर दाता कार्यालयले पाता कस्ने भएको छ ।

करदाता कार्यालयले एनसेलले रु ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ कर सात दिनभित्र तिर्नुपर्ने गरी निर्देशन दिएको छ । ठूला करदाता कार्यालयले एनसेल कम्पनीले तिर्नु पर्ने पुँजीगत लाभकर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ निर्धारण गरेसँगै ७ दिनभित्र कर जम्मा गर्न भनेको हो ।

टेलियासोनेरा कम्पनीले मलेसियाको एजियाटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्दा प्राप्त हुने लाभकर एनसेल र एजियाटाले तिर्नुपर्ने सर्वोच्च अदालतले फैसला सुनाएको थियो ।

चैत तेश्रो साता भएको यो फैसलाको पूर्ण पाठ आएसँगै ठूला करदाता कार्यालयले उसले तिर्नुपर्ने कर, विलम्ब शुल्क लगायत एकमुष्ट रकमको आकार तय गरेको हो ।

सर्वोच्चको फैसलामा ठूला करदाता कार्यालयले टेलियासोनेराले दूरसंचार प्रदायक एनसेल एक्जियटालाई बेच्दा १ खर्ब ४३ अर्ब ६५ करोड ३७ लाख ६ हजार पुँजीगत लाभ भएको थियो। त्यसमा तिर्नुपर्ने कर ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रूपैयाँ निर्धारण गरिएको थियो ।

करदाता कार्यालयस्थित स्रोतका अनुसार त्यसमध्ये एनसेलले २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रूपैयाँ अग्रिम रूपमा तिरिसकेको छ ।

उसले विलम्ब शुल्कबापत् २ अर्ब २६ करोड २३ लाख ४ हजार ८ सय ५१ रूपैयाँ तिरेको छ ।  अब ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ तिरेपछि मात्र एनसेलको विगतको कर दायीत्व सकिन्छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया