पूर्वराजा ज्ञानेन्द्रले नै ६ करोड ५० लाख रुपैयाँ विजुलीको बिल तिरेनन्,प्राधिकरणमा यसरी हुँदैछ दश अर्बको खेल

७ बर्ष अगाडि

काठमाडौँ – पुर्वराजा ज्ञानेन्द्र शाहले नेपाल विद्युत प्राधिकरणलाई करोडौँ रुपैयाँ बराबरको विद्युत महसुल नतिरेको पाइएको छ । 

नेपाल विद्युत प्राधिकरणलाई  पूर्वराजा ज्ञानेन्द्र शाह र राजु केसीको लगानीमा रहेको सूर्य नेपालले हालसम्म ६ करोड ५० लाख रुपैयाँ महसुल तिरेका छैनन् । 


२०७३ सालदेखि २०७५ फागुन सम्मको महशुल नतिर्नेको सुचीमा ठूला भिआइपी व्यापारीहरु रहेका छन् । अध्यारोको व्यापार गर्नेहरु यतिखेर प्राधिकरणको निकटको संस्थालाई प्रयोग गरेर बिल मिनाहा गराउन लागेको स्रोतले बताउछ ।  

२०७३ सालदेखि २०७५ फागुन सम्मको महशुल नतिर्नेको सुचीमा ठूला भिआइपी छन् । जसमध्य सबैको महसुल नतिरेको हिसाब गर्दा दश अर्ब भन्दा माथि हुन पुग्दछ ।

अध्याँरो धन्दाको अर्बौ समहसुल उठाउने विषय नै यतिखेरको प्रमुख चुनौती बन्दै गएको छ । अतिरिक्त शुल्क तिर्ने शर्तमा विभिन्न उद्योगहरुमा जडान गरिएको डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट वितरण गरिएको विद्युत महशुलको बिल अहिलेसम्म सेटिङकै कारणले गर्दा विद्युत प्राधिकरणले काट्न सकेको छैन ।

लामो समयसम्म विलिङ्ग नगर्दा विद्युत महशुलका सम्बन्धमा सिमरा वितरण केन्द्र र भैरहवा वितरण केन्द्रले सम्बन्धित उद्योगहरुलाई पत्र काटेपछि विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसम्म खैलाबैला मच्चिएको छ । विद्युतको गम्भीर संकट भएर १८ घण्टासम्म लोडसेडिङ हुँदाको अवस्थामा डेढी शुल्क तिर्नेगरी विभिन्न उद्योगहरुले प्राधिकरणबाट डेडिकेटेड फिडर र ट्रक लाइनमार्फत चौबीसै घण्टा विद्युत सुविधा लिने गरेका थिए । यसरी मुलुकमा लोडसेडिङ भैरहँदा डेडिकेटेड फिडर र ट्रंक लाईन मार्फत चौविसै घण्टा विद्युत सुविधा लिनेहरुले राज्यलाई अर्बौं बराबरको ठगी गरेका छन् ।

यसबारे अब प्राधिकरणले कस्तो एक्सन लेला त्यो त हेर्न बाकि नै छ । 

कुन व्यापारीले कति महसुल तिर्न बाँकी:

घोराहीमा रहेको सम्राट सिमेन्ट– ६ करोड ५० लाख रुपैयाँ
शाहिल अग्रवालको जगदम्बा स्टील– २ अर्ब ५० करोड रुपैयाँ
विके श्रेष्ठको स्वामित्वमा रहेको हामा आईरन– ९ करोड रुपैयाँ
पशुपति मुर्राका र भारतीय लगानीकर्ता अशोक गोयलको संयुक्त लगानीमा रहेको अशोक स्टील–२३ करोड रुपैयाँ
पूर्वराजा ज्ञानेन्द्र शाह र राजु केसीको लगानीमा रहेको सूर्य नेपाल–६ करोड ५० लाख रुपैयाँ
शेखर गोल्छा र दिवाकर गोल्छाको लगानीमा रहेको हुलास स्टील–२२ करोड रुपैयाँ
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डेका छोरा प्रवलजंग पाण्डे र ध्रुव थापाको लगानीमा रहेको कसमस सिमेन्ट–१३ करोड
दीनबन्धु गोयल, नन्दु राठी र अर्का एक व्यक्तिको लगानीमा रहेको मारुती सिमेन्ट –६० करोड रुपैयाँ
सर्राफ ग्रुप धनुषाले संचालन गरेको एभरेष्ट थेसर मिल–१३ करोड रुपैयाँ
रामचन्द्र संघाईले संचालनमा ल्याएको घेराही सिमेन्ट–७५ करोड रुपैयाँ
रामचन्द्र संघाईले नै संचालनमा ल्याएको रोल्पा सिमेन्ट– ३ करोड रुपैयाँ
हरी न्यौपाने र पूर्ण भट्ट शर्माले घोराहीमा संचालनमा ल्याएको सोनापुर सिमेन्ट–४० करोड रुपैयाँ
पशुपति मुरारकाको अर्घाखाँची सिमेन्ट–४२ करोड रुपैयाँ
सुवास संघाईको जगदम्बा सेन्थेटिक–२० करोड रुपैयाँ
सुवास संघाईको त्रिवेणी स्पिनिङ मिल ३० करोड रुपैयाँ
सतिस मोर र विश्वनाथ गोयलको शिवम् सिमेन्ट–३१ करोड ६६ लाख


 

७ बर्ष अगाडि

प्रतिक्रिया