३९ अर्ब ६ करोड तिर्न एनसेललाई सात दिनको समय,अब के गर्ला एनसेलले

७ बर्ष अगाडि

काठमाडौँ – एनसेललाई ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ठूला करदाता कार्यालयले सात दिनको समय दिएको छ । 

एनसेलले आाफ्नो  स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ करदाता कार्यालयले सात दिनको समय दिएको हो । कार्यालयले सात दिनको समयावधि तोकी मंगलबार सूचना जारी गरेको छ।

कार्यालयले आयकर ऐन २०५८ बमोजिम एनसेलको कारोबारको कर निर्धारण गरेको आधारमा यसअघि तिरिसकेको रकमलाई कटाएर बाँकी कर तिर्न भनेको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया