काठमाडौँ – नया वसपार्क, वालाजु, माछापोखरी , सामाखुसी र गौशाला क्षेत्रलाई मुख्य आधार क्षेत्र वनाई विदेशवाट फर्किएकाहरुलाई डलर लगायत अन्य विदेशी रकम बढिमा साटी दिने भनि ठगी गर्ने ३ जना गिरोह पक्राउ परेका छन् ।
अगाडि पछाडी वण्डलमा सक्कली नोट राखि भित्र तर्फ कागज राखी देखाई साटन आए पछि रकम लिई पैसाको वण्डल दिई भागि हिडने ३ जनालाई महानगरिय प्रहरी परिसर काठमाडौको विशेष टोलिले पक्राउ गरेको हो ।
पक्राउ पर्ने २ जना नै आफ्नै दाजुभाई रहेको र निजहरुमाथि यस भन्दा पहिले पनि पटक पटक ठगी मुद्दामा पक्राउ परि कारवाहीमा परेका थिए । प्रहरीका अनुसार ४ जना मध्ये १ जना हाल सेन्टर जेलमा नै सजाय भोगिरहेका छन् भने, १ जना जना जेलवाट छुटी गाँउमा वस्दै आईरहेका छन् । त्यसमध्य हाल २ जना महानगरिय प्रहरी परिसर काठमाडौको विशेष टोलिद्दारा पक्राउ गरी परिसर काठमाडौवाट चोरी तथा लुटपाटमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
निजहरुले स्वयम्भुवाट ५ तोलाको औठी , सामाखुसीवाट रु ४६ हजार , गौशालावाट ४ लाख समेत लुटपाट गरेको पाइएको छ ।
हाल नियन्त्रणामा लिईएका व्यक्तिहरु:
जिल्ला सिन्धुली दुधौली हाल नेपाल टार वस्ने वर्ष ३३ को उमेश घिसिङ्ग ठगि गर्दा गर्दे महानगरीय प्रहरी परिसर काठमाडौको विशेष टोली ले पक्राउ गरी थप अनुसन्धान भईरहेको
जिल्ला सिन्धुली दुधौलीनेपाल टार वस्ने प्रेम घिसिङ्ग ठगि गर्दा गर्दे महानगरीय प्रहरी परिसर काठमाडौको विशेष टोली ले पक्राउ गरी ञप अनुसन्धान भईरहेको
जिल्ला सिन्धुली दुधौली हाल का.जि जोरपाटी न।पा १२ वस्दै आएका वर्ष ३० का दान वहादुर तामाङ् यस कार्यालयको विशेष टोली ले पक्राउ गरी थप अनुसन्धान भईरहेको ।
प्रतिक्रिया