काठमाडौँ – काठमाडौ जिल्लाको विभिन्न स्थानमा सुनको टुक्रा भनि फलामको टुक्रा बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सो गीरोहका व्यक्तिहरुले आधाकिलो सुन सस्तोमा बेच्ने भन्दै सुन्धारमा बस्ने राजेश विकसँग १९ लाख लिएका थिए । तर उक्त सुन घरमा गएर हेर्दा फलामको टुक्रा परेपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।
उजुरी पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौले विशेष प्रहरी टोली परिचालन गरी उक्त चार जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौलाई उक्त कुराको जानकारी आएपछि तत्काल परिसर काठमाडौवाट विशेष टोली परिचालन गरी खोज तलास गर्ने क्रममा मिति २०७६(०१(०२ गते सुन्धारा वाट उक्त ४ जना पक्राउ परेका हुन् ।
उक्त कार्यमा संलग्नता भएको भन्दै प्रहरीले वा २ ज १८४१ नम्बरको ट्याक्सीलाई समेत नियन्त्रणमा लिएको छ । =निजहरुले ठगिएको रकम आपसमा वाँडी लिने गरेको प्रारम्भीक वयानमा खूलेपछि महानगरी प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान गरिरहेको छ ।
नियन्त्रणमा लिएका हरुको विवरण:
जि नुवाकोट दुप्चेश्वर गा.पा ६ वस्ने वर्ष ३३ पूर्ण वहादुर तामाङ्ग वाँडफाड गरि लिएको रकम रू ९ लाख ५० हजार
जि. काभ्रे चौरी देउराली गा.पा ३ वस्ने वर्ष २६को चन्द्र वहादुर श्रेष्ठ वाँडफाड गरि लिएको रकम रू ३ लाख ५० हजार
ऐ.ऐ वस्ने वर्ष २१ को प्रविन श्रेष्ठ, वाडफाड गरि लिएको रकम रू ३ लाख
ऐ.ऐ वस्ने वर्ष १९ को सुवास श्रेष्ठ, वाडफाड गरि लिएको रकम रू ३ लाख
प्रतिक्रिया