महायज्ञबाट ३७ लाख सङ्कलन

७ बर्ष अगाडि

काभ्रेपलाञ्चोक – धुलिखेल नगरपालिका–१२ शङ्खुस्थित इँटेमा धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु ३७ लाख रकम सङ्कलन भएको छ ।
 
सप्ताह ज्ञान महायज्ञमा स्थानीय सत्यनारायण श्रेष्ठले रु एक लाख ५५ हजार, ईश्वर लामिछानेले रु एक लाख ५१ हजार, मोहनप्रसाद श्रेष्ठले रु एक लाख २६ हजार, दामोदर सापकोटाले रु एक लाख ११ हजार, प्रवीण श्रेष्ठले रु एक लाख नौ हजार ९००, भरत श्रेष्ठले रु एक लाख पाँच हजार, रामचन्द्र श्रेष्ठले रु एक लाख पाँच हजार र फैंजु परिवारले रु एक लाख एक हजार दान गरेका थिए । 

इँटेमा रहेको शैलुङकोट डाँडामा अवस्थित शैलेश्वरी कालीमाताको मन्दिर पुनःनिर्माण तथा पर्यटन प्रवद्र्धनका लागि बौद्ध स्तुपा र उद्यान निर्माणका लागि महायज्ञ गरिएको आयोजक सत्यनारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार शैलुङकोट धार्मिक पर्यटनका लागि गुरुयोजना तयार भइसकेको छ ।
 
नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले शैलुङकोटलाई धार्मिक पर्यटन प्रवद्र्धनार्थ तयार भएको परियोजनामा महायज्ञबाट अपुग रकममा नपा कार्यालयले थप सहयोग गर्ने बताउनुभयो । 

७ बर्ष अगाडि

प्रतिक्रिया