विना सूचना मन्त्रीलाई नै छाडेर उड्यो बुद्ध एयरको विमान !

७ बर्ष अगाडि

बुटवल – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बुद्ध एयरको जहाजले विना सुचना नै भैरहवा आउँदै गर्दा छाडेर उडेको छ । 

मंगलवार बिहान बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले छोडेर गएपछि आक्रोश व्यक्त गरे  । 

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री बाँस्कोटाले भने, ‘विना सूचना बुद्ध एयरले जहाड उडायो । मलाई छाडेर गयो । नयाँ वर्षको अवसरमा अरू केही नभनौं । शुभकामना छ ।’ 

उनले भने, ‘जहाजले छाडेर गएपछि तपाईंहरूसँग भेट भो, मलाई त दु:ख दियो, लुम्बिनी आउने पर्यटकहरूलाई कति समस्या खेप्दा होलान् पत्रकारहरूले त्यतातर्फ पनि ध्यान दिनुपर्छ ।

जहाजले छोडेपछि उनी सोमवार बुटवल बस्न बाध्य भएका थिए  । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर भैरहवा आउँदै गर्दा उनलाई  बुद्ध एयरको विमानले छाडेर उडेको थियो । 

७ बर्ष अगाडि

प्रतिक्रिया