वाणिज्य बैंकहरुमा सबैभन्दा कमजोर सिभिल बैंक, बोलाइयो दुई आवको वार्षिक साधारणसभा

७ बर्ष अगाडि

काठमाडौं – वार्षिक साधारणसभा गर्न अटेर गर्दै बसेको  सिभिल बैंकले यही वैशाख २७ गते एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा आयोजना गरेको छ ।

बैंकले अघिल्ला दुई आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफाबाट क्रमश १०.२५ प्रतिशत बोनस शेयर र ४.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको बेंकले जनाएको छ ।

बैंक   संचालक समितिले घोषणा गरेको यो लाभांश अहिलेसम्मकै अधिकतम लाभांश रहेको बताइन्छ ।

  बैंकको वैशाख २ गते बसकेको संचालक समितिको बैंठकले साधारणसभाको मिति तय गरेको जनाइएको छ ।  

संचालक समितिले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १०.२५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेसँगै बैंकको चुक्ता पूँजी रु ८ अर्ब ७४ करोड पुग्नेछ । बैंकको हालको चुक्ता पूँजी रु ८ अर्ब छ ।

साधारणसभामा बैंकले कुनै बैंक सँग गाभ्ने वा गाभिने प्रयोजनका लागि संचालक समितिलाई विशेष अख्तियारी दिने विशेष प्रस्ताव अगाडि सारिएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशन गरेको चुक्ता पूँजी गत वर्ष नै बोनस शेयर र हकप्रद मार्फत जुटाइसकेको बैंकले यस वर्ष थप पूँजी जुटाउने हिसावले बोनस शेयर दिने घोषणा गरेको हो ।  बाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा गर्ने सिभिलले दुई आर्थिक वर्षको एकै पटक १४.८४ प्रतिशत लाभांस दिने भएको हो । 

७ बर्ष अगाडि

प्रतिक्रिया