काठमाडौं – नेकपा भित्र एक जना नेता जसको नाम हो इश्वर पोखरेल । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको एकताको समेत सधै भिलेन बन्दै आएका पोखरेलको क्षमता नभएपनि रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कसलाई के धन्दा घरज्वाईलाई खानको धन्दा भन्ने नेपाली उखानको चरितार्थ गर्दै बसेका पोखरेलका कारण पछिल्लो समयमा पार्टी एकतामा समेत समस्या देखिएको छ । हुने नहुने सबै प्रकारका अडान राखेर एकता प्रक्रियालाई के कसरी डिरेल गर्न सकिन्छ भन्ने चिन्तन मनन र सोही अनुसारको व्यवहार गर्दै आएका पोखरेलको भ्रष्टाचारको श्रृखला पनि उस्तै छ । नेपाली सेनाको नाममा हुने हरेक खालका खरीद तथा बिक्री योजनामा समेत विशेष चासोका साथ प्रत्यक्ष सहभागी हुने पोखरलले नेकपाका अध्यक्ष प्रचण्ड विरुद्ध पनि बेला बेलामा कुप्रचार गर्दै आएका छन् ।
कहिले फेसबुकमा त कहिले आफ्ना निकटका केही पत्रकार बोलाएर प्रचण्ड विरुद्ध बिषवमन गर्दै हिडेका पोखरेलले पछिल्लो समय न्याय परिषदलाई समेत अनेकन प्रभावमा पारेर आफ्ना नाता गोता र कानून बढेका जति सबैलाई न्यायाधीश बनाउन सफल भएका छन् । विगतमा जस्तै यस पटक पनि न्याय परिषदले न्यायाधीस नियुक्तिका लागि गरेका सिफारिस विवादमा परे । सिफारिस गरेकामध्ये अधिकांश राजनीतिक पृष्टभूमि र नेता तथा न्यायाधीसहरुका नातागोताहरु छन् ।
न्यायाधीस हुने व्यक्ति विवादमुक्त, निष्कलंकित, योग्य हुनुपर्ने मान्यतालाई लत्याउँदै परिषदले अधिकांश विवादित अनुहारहरुलाई सिफारिस गरेको छ । परिषदले सर्वोच्च अदालतका लागि पाँच र उच्च अदालतका लागि १८ जनाको नाम मंगलबार सिफारिस गरेको थियो । सिफारिस गरेकामध्ये उच्च अदालतको न्यायाधीसका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जी नीलम पौडेल पनि परेकी छन् । कुरा भने यही हो । चोर चार गरेर इश्वर पोखरलाई मामा भनेकै आधारमा पौडेल न्यायाधीश हुने अवसर मिलेको हो ।
पुनरावेदन अदालतकी पूर्व अतिरिक्त रहेकी उनलाई पोखरेल निकट भएकैले सिफारिस गरिएको हो । रक्षामन्त्री समेत रहेका पोखरेलले आफ्ना भान्जीलाई न्यायाधीश नबनाए महाअभियोग लगाउने भन्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई समेत थर्काएको उनी निकटस्थहरु बताउँछन् । पोखरेलले आफू सेनाको समेत हाकि भएको र तालकूदार मन्त्रालय आफैले चलाएको भन्दै भान्जीलाई न्यायाधीश नबनाए त्यसबाट पर्ने प्रभावको जिम्मेवार समेत समेत प्रधानन्यायाधी हुने भन्दै धम्की दिएको स्रोतको दावी छ ।
शक्ति केन्द्रको प्रभावमा नै प्रधानन्यायधीशले सर्वोच्चको न्यायाधीसका लागि सिफारिस भएका डा. मनोज शर्मा पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् भने उच्च अदालतको न्यायाधीसका लागि सिफारिस रेणुका साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । शर्मालाई बनाउन प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाले अडान राखेपछि उनको नाम राखिएको समाचार छ । त्यसबाहेक उच्च अदालतकै न्यायाधीशका लागि सिफारिस नवराज थपलिया परिषद् सदस्य रामप्रसाद सिटौलाका ज्वाइँ हुन् । सिफारिस भएका अरुहरुमा पनि योग्यता र वरिष्ठतालाई मिचेर राजनीति भागबण्डा र नातागोताका आधारमा न्यायाधीस सिफारिस गरिएको भन्दै सामाजिक सञ्जालमा कानुन व्यवसायीहरुले नै कडा विरोध गरिरहेको देखिएको छ ।
सर्वोच्चमा न्यायाधीश सिफारिस हुनेमा दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायी पृष्ठभूमिका छन् । सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधिवक्ता हरिप्रसाद फुँयाल, अधिवक्ता डा मनोज शर्मा सिफारिस भएका छन । त्यस्तै, उच्च अदालतमा नायब महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिस्ट्रार महेन्द्र उपाध्याय, सत्य निरूपण र मेलमिलाप आयोगका सचिव रमेश ढकाल, पुनरावेदन अदालतकी पूर्व अतिरिक्त न्यायाधीश नीलम पौडेल, सर्लाही जिल्ला न्यायाधीश राजेश काफ्ले, रौतहट जिल्ला न्यायाधीश लेखनाथ ढकाल, चितवन जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, भक्तपुर जिल्ला न्यायाधीश महम्मद जुनेद आजाद, ललितपुर जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी र पर्सा जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्ण छन् ।
कानुन व्यवसायीबाट सिफारिस हुनेमा जगतबहादुर थापा, सरला पाण्डे, विमला सुवेदी, रेणुका साह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया र अञ्जु उप्रेती छन् । उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडाललाई उच्च अदालत पाटन र दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याललाई पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ । यस पटकको न्यायाधीश सिफारिशमा विशेष गरी इश्वर पोखरेल, अग्नि खरेल तथा सुवास नेम्वाङको विशेष हात रहेको छ । त्यत्रो न्यायाधीश सिफारिश हुँदा समेत पूर्व माओवादीका तर्फबाट एक जना पनि समेटिएको छैन । इश्वर पोखरेलले पूर्व माओवादीका तर्फबाट एक जना पनि नराख्न प्रधानन्यायाधीश राणालाई धम्की नै दिएको हुन सक्ने स्रोतको दावी छ ।
प्रतिक्रिया