काठमाडौँ – नेपाली काग्रेसका नेता अमेरशकुमार सिंह हाकाहाकी भन्ने गरेका छन्, भारतका मान्छे भनेर हाम्रो पार्टीमा शेखर कोइराला, नारायण खड्का, मिनेन्द्र रिजाल, कृष्ण सिटौला र मलाई त चिन्छन् नी । दरबारमार्ग तिरका कफी पसलहरुमा सिंहले अहिले पनि यस्तै गफ दिन्छन् । कहिले मेरो पावर पुग्छ त कहिले पुग्दैन । फरक यत्ति हो, हामी सबै उतैका होइनौ भन्दा पनि पत्याउने अवस्था छैन । नपत्याउने भएपछि किन होइन भन्नु आखिर हामी हौ । उनले कफी पसलहरुमा यस्तै भन्ने गर्छन् ।
तर उनले अर्को एउटा गम्भीर कुरा पनि गर्छन्, भारतीय दूतावासको सबैभन्दा बढी सुविधा कसले लिएका छन् ? पहाडिया नेताले । उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी सुविधा लिएको बताउने गरेका छन् । माधव नेपाल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला,सबैले सुविधा लिएका छन् । तर नाम आउँदा भने मेरो मात्रै आउँछ, उनले दुःख पनि व्यक्त गरे । सुविधा लिने बेलामा यो पार्टी, त्यो पार्टी भन्दैनन्, तब प्रचारमा आउने् बेला हुन्छ भारतीय भनेका यी यी व्यक्ति न हुन् ।
नेपाली राजनीतिमा पछिल्लो समय चलखेल गर्न नपाएपनि २०६२÷६३ पछि राजनीतिलाई दूषित पार्ने केही पात्र मध्ये सिंह पनि एक थिए । राजनीतिक दाउपेचमा भए नभएका सबै कुरा गर्ने र शक्ति केन्द्रको मान्छे भएको भन्दै उनले फाइदा लिए । तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले त सिंहलाई खासै मन पराउँदैनथे । तर सिटौलाहरुको फेर समातेर सिंह एकाएक राजनीतिमा उदाए ।
तरल राजनीतिको फाइदा कसरी लिनु पर्छ भन्ने कुरा राम्ररी थाहा पाएका सिंहले काँग्रेसको नाममा हालसम्म पनि राम्रै फाइदाको हिसाब गरेकै छन् । सिंहदरबारमा अझै उनको रजगज चलेकै छ । प्रहरीको सुरक्षा पनि पाएकै छन् । काँग्रेसको केन्द्रीय सदस्य समेत नरहेका सिंहले राज्यका प्रमुख निकायमा पकड पनि राखेकै छन् । आफूलाई राजनीतिज्ञ भन्दै राम्रै प्रचार पनि पाएकै छन् । चुनाव पनि जितेकै छन् । कहिले कुन नेता कहिले कुन नेता भेटेको भन्दै छिन छिनमा केही अनलाइनलाई राम्रै समाचारको मसला पनि हालिदिएकै छन् । उनी अर्थात् अमरेश सिंह । पछिल्लो समय डा समेत लेखाएका डा सिंहको बारेमा यहाँ चर्चा गर्न खोजिएको होइन ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई पदबाट च्यूत गर्ने भन्दै पछिल्लो दिनमा आगो ओकल्दै हिडेको पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला फेरी देउवाको पक्षमा नतमस्तक भएका छन् । सरकार अधिनायकवादी भएको तथा सरकारले जनताको पक्षमा केही पनि गर्न नसकेको भन्दै सिटौलाले सभापतिलाई बलियो बनाउनुपर्ने र उनको नेतृत्वमा नै हामी नेता तथा कार्यकर्ता परिचालित हुनुपर्ने बताएका छन् ।
सभापति विरुद्धको मोर्चामा कहिले रामचन्द्र पौडेलको फेरो समातेर त कहिले शेखर र सशांकहरुसँग मिलेर अगाडि बढ्ने बताउँदैआएका सिटौला पछिल्लो समय आनै गुटको विस्तार र सशक्तिकरणाम लागेका थिए । मंगलबार मात्रै पनि सिटौलाले आफ्नो गुट भेला बोलाएका थिए । तर बुधबार १८० डिग्रीमा परिवर्तन भएर सिटौलाले काँभ्रे पुगेर सभापति नै हाम्रो नेता भएको भन्दै उनकै नेतृत्वमा सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले काँग्रेस जोगाउन आफू देउवासँग मिल्न तयार भएको बताए । पछिल्लो दिनमा काँग्रेसका साख सकिएको भन्दै शेखरहरु भाषण गर्दै हिडेका छन् । पिध नभएको लोटामा सिमित भएका रामचन्द्र पौडेलको शक्ति झन् क्षिण भएको छ । भएका सबै नेता तथा कार्यकर्ता अन्यत्र लागेपछि पौडेलको बचे खुचेको साथ समेत सकिएको हो ।
यस्तै मशानघाटमा पुगिसकेको एजेण्डा बोकेर भएपनि राजनीतिमा स्थापित हुन सकिन्छ कि भन्दै कमल थापाको कार्यसूचीमा सहमति बनाएका सशांक कोइरालाको समेत काँग्रेसमा हैसियत छैन भन्दा हुन्छ । प्रतिपक्षको धर्म समेत निभाउन नसकेको काँग्रेसको राजनीतिक एजेण्डाबाट पछिल्लो दिनमा कोही पनि आर्कषित भएका छैनन् । तर पछिल्लो पटक विशेष गरी दक्षिणको योजनामा कृष्ण सिटौला गुटलाई देउवा गुटसँग मिलाउने प्रपञ्च अगाडि सारिएको छ । भारतीय योजनामा बनाइएको त्यस्तो योजनाका पछाडि सुरुमै भारतीय भनिएका काँग्रेस नेताहरुको समेत साथ र सहयोग रहेको छ ।
नेपालमा दक्षिणको गठबन्धन लामो समयसम्म नगएको अवस्थामा देउवा र सिटौलाको गठबन्धन पनि लामो समयसम्म जाला भन्ने अनुमान गर्न तत्काल नै गाह्रो हुने विश्लेषण राजनीतिक बजारमा गरिएको छ । काँग्रेसभित्रको तमासाले सरकालाई समेत प्रभावकारी बन्न दिएको छैन । दुई तिहाईको सरकार भनिएको वर्तमान सरकार हरेक काम कारवाहीमा असफल बन्दै गएको छ । प्रमुख प्रतिपक्ष प्रभावकारी रुपमा सशक्त हुन्थ्यो भने पक्कै पनि सरकामाथि दबाव पर्न जान्थ्यो , तर प्रतिपक्ष कमजोर भएको फाइदा सरकारले समेत उठाएको छ ।
प्रतिक्रिया