काठमाडौँ– भ्रष्टाचारजन्य कार्यको अनसन्धान तथा मुद्दा दायर प्रक्रियामा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ । २०७५ साउन १ गतेदेखि चैत मसान्तसम्म अख्तियारले २३५ मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्षभरमा १९४ मुद्दा दायर गरिएका थिए । पछिल्लो समय अख्तियारले रुग्ण आयोजनाका अनियमिततालाई प्राथमिकतामा राखेको छ ।
अख्तियारका अनुसार भ्रष्टाचारका उजुरी पनि अघिल्लो वर्षभरको तुलनामा नौ महिनाको अवधिमा नै ह्वात्तै बढेका छन् । ‘भ्रष्टाचारजन्य कार्यउपरको अनुसन्धानमा प्रभावकारिता ल्याई २३५ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया