सशस्त्रका आईजीपीले एक वर्षमा यस्ता महत्वपुर्ण काम गरे

७ बर्ष अगाडि

काठमाडौँ – सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले आफ्नो एकवर्षे कार्यकाल पुरा भएसँगै आफुले गरेका विभिन्न महत्वपुर्ण कार्यहरु सार्वजनिक गरेका छन् । 

एकवर्षे कार्यकाल पू्रा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खनालले विभिन्न अपराधमा संलग्न रहेका ६ यस ८६ जनालाई पक्राउ गरेको बताए । खनालले विभिन्न प्रकारका २८ थान हतियार र विभिन्न हतियारका २९५ गोलीसमेत बरामद गरेको बताए । 

त्यस्तै, एक वर्षमा ३३ करोड ७० लाख राजस्व संकलन भएको आईजीपी खनालको भनाइ छ । खनालले वार्षिक रूपमा पूर्वकर्मचारी तथा वीरगति प्राप्त कर्मचारीमध्ये दुईजनाको सन्तानलाई १२ कक्षासम्म निःशुल्क पढाइदिने निर्णय गरेको छ । यसरी नै विपन्न र दुर्गमका दुईजनालाई समेत हरेक वर्ष १२ कक्षासम्म सशस्त्र प्रहरीको एपीएफ स्कुलमा निःशुल्क पढाइदिने भएको छ ।

त्यस्तै, ज्येष्ठ नागरिक सम्मानार्थ ७० वर्ष पुगेका पूर्वसशस्त्र प्रहरीका सदस्यलाई वार्षिक १२ हजार निर्वाह भत्ता दिने निर्णय भएको आईजीपी खनालले पत्रकार सम्मेलनमा बताए । एक वर्षको अवधिमा संगठनको आचरणविपरीत काम गरेका जवानदेखि अधिकृतसम्म ५ सय ४८ जनामाथि कारबाही भएको खनालको भनाइ छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया