सुन तस्करीमा तानिए बाजेको सेकुवाका मालिक

७ बर्ष अगाडि

काठमाडौं– तस्करी गरी ल्याइएको साढे ३३ किलो सुन काण्डमा अब राजधानीको चर्चित चेन सेकुवा कर्नर ‘बाजेको सेकुवा’ पनि मुछिन पुगेको छ । 
सुन तस्करीका नाइके गोरे भनिने चूडामणि उप्रेतिको कारोबार कनेक्सन सेकुवा कर्नरका मालिक चेतन भण्डारीसँग देखिएपछि प्रहरीको अनुसन्धान कर्नरतर्फ मोडिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
प्रहरीका अनुसार भण्डारीको सुन तस्करीमा अप्रत्यक्ष संलग्नता खुलेको छ । अनुसन्धानका लागि भन्दै प्रहरीले कर्नको बैंक खातासमेत बन्द गरेको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया