पक्राउ परेका १२ नेपाली युवती यसरी पुगेका थिए केन्या

७ बर्ष अगाडि

काठमाडौं– केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ । 
उनीहरूलाई बार डान्सरका रूपमा मानव तस्करले केन्या पुर्‍याएका थिए । उनीहरूलाई केन्याको मोम्बासा नियालीस्थित न्यु रंगिला बारबाट पक्राउ गरिएको हो ।
 प्रहरीका अनुसार अन्तर्राष्ट्रिय यौन मानव तस्करविरुद्ध अभियान चलाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले बार सञ्चालकलाई पक्राउ गरेको छ । उनको साथबाट क्यानेडियन राहदानी बरामद भएको छ । प्रहरीले १२ नेपाली युवती कसरी केन्या आइपुगे भनेर अनुसन्धान भइरहेको जनाएको छ । थप अनुसन्धानका लागि सोमबार मोम्बासा अदालतमा लैजाने तयारी गरेको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया