महँगो बन्दै प्रारम्भिक कक्षा

७ बर्ष अगाडि

काठमाडौँ - सरकारले प्रारम्भिक बाल विकास केन्द्रलाई भर्ना अभियानमा नसमेट्दा दुईदेखि चार वर्षसम्मका बालबालिकालाई महँगो खर्चमा पढाउन अभिभावक बाध्य छन् । वैशाख १ देखि सुरु भर्ना अभियानले पाँच वर्षमाथिका बालबालिकालाई सम्बोधन गरे पनि प्रारम्भिक शिक्षा समेट्न सकेको छैन ।

देशभर ३६ हजार ५ सय ६८ प्रारम्भिक बाल विकास केन्द्र छन् । तीमध्ये अधिकांश सामुदायिक छन् । तिनमा भर्ना गर्ने विषयमा सरकारी नीति स्पष्ट नभएका कारण मन्टेसरी, किन्डरगार्टेनजस्ता निजी बाल स्याहार केन्द्रमा महँगोमा पढाउन अभिभावक बाध्य भएका हुन् । सामुदायिक बाल केन्द्रअन्तर्गत ६ लाख ७ हजार ३ सय ६९ विद्यार्थी पढेको गत वर्षको तथ्यांक छ । ‘भर्ना अभियान ५ वर्षमाथिका बालबालिकाको निम्ति हो,’ शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल भन्छन्, ‘अभियानले प्रारम्भिक बाल कक्षालाई समेटेको छैन । ठोस नीति बन्नै बाँकी छ ।’


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले कक्षा १ देखि ८ मात्र अनिवार्य भएको दाबी गरे, कान्तिपुरमा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया