आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि

७ बर्ष अगाडि


काठमाडौँ–नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । 

तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन गर्न पुगेको टोलीमा सहभागी विज्ञहरूले यस्तो पुष्टि गरेका हुन् । टोर्नाडो पत्ता लगाउन मुख्य भूमिका खेलेका विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठले नेपालको टोर्नाडोले विश्वकै ध्यान खिचेको जानकारी दिए । 
चट्याङसहितको बादलले पारेको असिनाले पनि टोर्नाडोको विकराल रूप देखाएको उनले बताए । 
उनका अनुसार एउटा घरको भार १५ पाउण्ड रहँदा टोर्नाडोको क्षमता १३.८ पाउण्डको रहेको थियो । करिब दुई सय किलोमिटर प्रतिघण्टाको हावाको वेगभित्र ३० किलोमिटर प्रतिघण्टा टोर्नाडोको तीव्र वेग थियो । 
आगोको लप्कासहितको चट्याङ त्यस क्षेत्रमा परेको टोलीका संयोजक वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले प्रष्ट्याइन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया