के पाक्दैछ चन्द्रागिरीमा ?

७ बर्ष अगाडि

काठमाडौं – विहीबार दिउँसोदेखि सत्तारुढ नेकपाका केही नेताहरु चन्द्रागिरी उक्लिएको खबरले निकै चर्चा पाइरहेको छ । 

लामो समयदेखि टुंगिन नसकेको पूर्व एमाले र पूर्व माओवादीबीचको एकतालाई टुंग्याउनेबारेमा चन्द्रागिरीमा शीर्ष नेताहरुबिच छलफल चलाइएको नेकपा स्रोतले बतायो ।

खासगरी पार्टीको तल्लो तहको एकता र मन्त्रिपरिषद् पुनर्गठनका एजेन्डाहरुलाई लिएर छलफल भइरहेको नेकपा स्रोतले दावी गर्याे  । चन्द्रागिरी केवलकार चढेर डाँडो उक्लिएका नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डसँगै केही शक्तिशाली भनिएका नेताहरु पनि चन्द्रागिरी पुगेका हुन्  । चन्द्रागिरी पुगेका नेताहरुमा जग्गा विवादले चर्चामा रहेका महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरु रहेका छन् ।

नेकपाका कतिपय नेताहरुले भने पार्टीको विधि र प्रक्रियालाई लत्याएर पद्धतिबाहिरबाट समाधान खोज्ने केही नेताहरुको शैलीप्रति असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले पार्टीभित्र लोकतन्त्र वा जनवादको अभ्यास हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया