चेन्नई सुपर किंग्सका कप्तान धोनी कारवाहीमा परे

६ बर्ष अगाडि

काठमाडौँ – चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी कारबाहीमा परेका छन् ।

बिहीबार राती सम्पन्न आईपीएल को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयलल्सलाई ४ विकेटले पराजित गरेको छ ।१ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो ।

चेन्नईलाई जितको लागि अन्तिम ओभरमा जितको लागि १८ रन चाहियएको थियो। पहिलो बलमै रविन्द्र जडेजाले स्टोक्सलाई छक्का प्रहार गरे । दोस्रो नो बल रहँदा अर्को बलमा २ रन जोडे । तेस्रो योर्कर बलमा धोनीलाई स्टोक्सले बोल्ड आउट गरेपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो ।

चौथो बलमा एम्पारबीच नो बलको निर्णयमा असमझदारी हुँदा कप्तान धोनी अम्पायरसँग कुरा गर्न मैदान नै प्रवेश गरेका थिए । खेल भावना विपरित मैदान प्रवेश गरेको भन्दै आईपीएल आयोजकले धोनीलाई कारबारी गरेको हो । कारवाहीवापत धोनीले उक्त खेलको ५० प्रतिशत रकम काटिनेछ । धोनीले आफ्नो गल्ती पनि स्विकार गरेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया