काठमाडौँ – सरकारले संविधान दिवशको अवसर पारेर घोषणा गरेको पदक नयाँ बर्षको दिन राष्ट्रपति कार्यालयबाट बितरण गर्ने तयारी गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पदक पाउनेहरुलाई सम्मान गर्ने तयारी गरेकी छिन् । आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक दिइने भएको छ ।
सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ । यसैगरी उद्यमी हरिभक्त शर्मा, हेमराज ढकाल, देवीप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइने भएको छ । यो पदक चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले पाउने छन् ।
होटल संघ नेपालका अमरमान शाक्य, ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अमरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि दिइने भएको छ ।
प्रतिक्रिया