नागरिक लगानी कोषले किन राख्दैछ ४ अर्ब ७५ करोड रकम मुद्दती निक्षेपमा

७ बर्ष अगाडि

काठमाडौँ – पछिल्लो समय ठूलो पूँजी संकलन गर्ने सरकारी स्वामित्वका कोषहरुले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्दै आएका छन् ।

सोही क्रममा नागरिक लगानी कोषले ४ अर्ब ७५ करोड रुपैयाँ  क वर्गका बैंकमा राख्ने भएको छ । कोषले आज एक सूचना मार्फत आफूसँग रहेको उक्त परिमाणको रकम १ वर्षसम्म राख्नका लागि बैंक खोजी गरेको छ ।

कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी गरेको सूचनामा उल्लेख छ । निक्षेपमा लगानी गर्न नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र आवेदन दिन सक्ने कोषले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी बैशाख ३ गते दिउँसो १ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन कोषले आग्रह गरेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया