गच्छदारले निधिलाई २५,४६८ क्रियाशिल सदस्यको विवरण बुझाए

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसको पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि आज गठित समायोजन समितिको बैठक बसेको छ । 

आजको बैठक पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो । 

आज बसेको बैठकमा पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५,४६८ जना क्रियाशील सदस्यहरुका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको नामावली सहितको विवरण पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक श्री विमलेन्द्र निधिलाई हस्तान्तरण गरेका थिए । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया