काठमाडौं – सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टीकरण दिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको जग्गा किनबेचबारे छानविन गर्न बनेको शारदाप्रसाद त्रितालको समितिको सिफारिस अनुसार जग्गा किनबेचमा रोक लगाइसकेको बताए ।
जग्गा किनबेचमा नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएको समाचार बाहिरिएको थियो । उनले यसको जवाफ दिँदै आफुले कानुन अनुसार नै जग्गा खरिद गरेको स्पष्ट पारे ।
विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद पौडेलले २०६१ पुस २९ गते प्रचलित कानुनबमोजिम बिक्री गर्ने व्यक्तिको नाममा मालपोत कार्यालयमा दर्ता श्रेस्ता कायम रहेको बताएका थिए ।
प्रतिक्रिया