पूर्वराजाको गाडीको ठक्करबाट चौधरीको मृत्यु

७ बर्ष अगाडि

काठमाडौँ – पुर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । 

पुर्वराजालाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीले मोरङको सुन्दरहरैचा ४ विराटचोकमा मोटरसाईकललाई ठक्कर दिदा २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो । 

पुर्वराजा शाहको बा ३ च ७९६३ को नम्बरको कारले को १५ प ९९७९ को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक हेम चौधरीको मृत्यु भएको थियो । 

उक्त मोटरसाईकलमा पछाडी बसेका २२ वर्षीय प्रकाश चौधरी भने घाइते भएको र उनलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार उक्त गाडी पुर्वराजा शाहले पुर्वमा बस्दा प्रयोग गर्ने गरेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया